Main
शनिबार बाहेकका सार्वजनिक बिदामा खुल्नेछ हुलाक कार्यालय

१० वैशाख, काठमाडौं । देशभरका हुलाक कार्यालय शनिबार बाहेकका सार्वजनिक बिदामा पनि खुल्ने भएका छन् ।
मन्त्रिपरिषद्को ६ वैशाखमा बसेको बैठकले शनिबार बाहेक अन्य सार्वजनिक विदामा दिनहरुमा कार्यालय खुला रहने गरी विदा मिलाउन स्वीकृति दिएको हो । अत्यावश्यक कागजहरु पुर्याउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको गोश्वारा हुला कार्यालयले जनाएको छ ।
हुलाक कार्यालयहरुमा दशैंमा ३ तीन, तिहारमा २ दिन र होलीको एक दिन मात्र विदा हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।