Main

न्युरोडमा सडक विभाग र नगर प्रहरीबीच विवाद

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा भत्काएको सडक किनारा सडक विभागले मर्मत गर्न थालेपछि विवाद उत्पन्न भएकाे छ।

महानगरले भत्काएको सडक पुरेर विभागले कालोपत्रे गर्न थालेपछि साेमबार नगर प्रहरी पुगेर हस्तक्षेप गर्न खाेजेपछि विवाद उत्पन्न भएकाे हाे।

न्युराेडकाे फुटपाथ फराकिलो बनाउन भन्दै महानगरले केही दिनअघि सडक भत्काएकाे थियाे। तर सडक विभागले आजदेखि सडककाे कालोपत्रे थालेकाे थियाे। सडककाे मर्मत राेक्न नगर प्रहरी पुगेपछि विवाद भएकाे हाे।

विभागकाे काममा नगर प्रहरीले हस्तक्षेप गर्न खोजेपछि स्थानीयले नाराबाजीसमेत गरेका थिए। न्युरोड क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएकाे थियाे।

यसअघि आजै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमालेसम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए।

यो पनि …

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button