फुटबलर्स मिसनले खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गर्ने

९ असार, काठमाडौं । फुटबलर्स मिसन टुगेदरले पुराना फुटबल खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई सम्मान गर्ने भएको छ ।
सन् १९८८ सम्मका करिब १०५ पूर्वअन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीलाई कदर पत्रसहित सम्मान गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
राज्यका लागि खेलका खेलाडीलाई नबिर्सिऊँ भन्दै पुराना खेलाडीलाई सम्मान गर्न लागिएको फुटबलर्स मिसन टुगेदरका अध्यक्ष अशोक बज्राचार्यले बताए ।
यसैगरी संस्थाले पूर्व खेलाडी तथा खेलकर्मीका लागि स्वास्थ्य बिमाको कार्यक्रय पनि ल्याउन लागेको जानकारी दिएको छ । पहिलो वर्ष ११ जनाबाट गर्ने र पछि यसमा थप गर्दै लैजान आयोजक संस्थाका महासचिव धीरेन्द्र प्रदानले जानकारी दिए ।
सम्मान कार्यक्रम असार ११ गते बालुवाटारस्थित परेली ब्याड्केटमा हुनेछ । संस्थाले यसअघि सन् १९७७ सम्मका पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।