Main

जापानमा संकलित रकम सहारालाई

पोखरा । सहारा क्लब पोखरालाई जापानबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ ।

तमु धिं जापानका निवर्तमान अध्यक्ष रमेशकुमार गुरुङको संयोजकत्वमा त्यहाँ संकलित २ लाख १५ हजार जापानी येन सहयोग गरिएको हो । उक्त रकम पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्कडप अवसरमा बिहीबार एनआरएनए आइसिसी उपाध्यक्ष रोविनप्रसाद शेरचनमार्फत सहारा क्लब पोखरा अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरिएको हो ।

नेपाली फुटबलको इतिहासमा जनस्तरको सहयोगबाट साढे दुई दशकदेखि निरन्तर रुपमा प्रतियोगिता आयोजना गर्नुका साथै सहारा एकेडेमी सञ्चालन गरेर पुण्यको काम गरेको भन्दै पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका सिलवालको संयोजकत्वमा खेलकुदप्रेमीबाट उक्त रकम संकलन गरिएको थियो ।

सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै क्लब अध्यक्ष बरालले उक्त रकम सहारा एकेडेमीमा सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

बर्सेनि फुटबल प्रतियोगिता गरेर क्लबले पोखरा १७, दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुलाई निःशुल्क शिक्षादीक्षा दिलाउँदै आएको छ । हाल ८ जिल्लाका १४ बालक आश्रित छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button