Main

सुनको भाउ ३ सय बढ्यो

१० असार, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको भाउ जेठ २५ गते हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८२० रुपैयाँ कायम भएको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button