Main
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै
२१ फागुन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आज दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक भएकोले साँझमात्रै मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।