Main

नेपाली फिल्म खेल्न २१६ जना अष्ट्रेलियाली युवतीले दिए आवेदन

काठमाडौं । धीरज मगर र साम्राज्ञी शाहको शीर्ष भूमिका हुने फिल्म ‘रुमानी रंग’को लागि अष्ट्रेलियामा विदेशी कलाकारको सुरु भएको छ। यो कास्टिङ कलमार्फत दोस्रो लिड-लेडीको लागि अष्ट्रेलियाली अभिनेत्री छनोट गरिने निर्माताद्धारा प्रेषित विवरणमा उल्लेख छ ।

उक्त कास्टिङ कलमार्फत अन्य पाँचजना विदेशी कलाकार पनि छनोट हुनेछन् ।

अहिलेसम्म २१६ जना अष्ट्रेलियालीले अनलाइन आवेदन दिएका छन् । जसमध्येबाट उत्कृष्ट १० छनोट हुने र त्यसबाट पनि दोस्रो लिड-लेडी छनोट हुने जनाइएको छ । यो अडिसनका लागि अष्ट्रेलियास्थित लाइन-प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले व्यवस्थापन गरिरहेको छ ।

निर्माता जीएम ठकुरीले अष्ट्रेलियाबाट चाँडै सबै कलाकार तय हुने बताए । यो फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । पटकथा र संवाद पनि योञ्जनले लेखेका हुन् ।

एक्सन फिल्म ‘लाखे’ निर्माता कम्पनी ग्लोबल मिडियाको यो दोस्रो फिचर फिल्म हो । आविष्कार बहुसञ्चार प्रालिको सहकार्यमा यो प्रोजेक्ट निर्माण हुँदैछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button