Main

एक सातामा टप १० ब्रोकरमार्फत धेरै किनबेच भएका यी सेयर

२६ भदौ, काठमाडौं । सेयर बजारमा कुल कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा औसत ३५ प्रतिशत हुने गरेको छ ।

त्यसैले यी टप १० ब्रोकर कम्पनीमार्फत हुने खरिद तथा बिक्रीलाई लगानीकर्ताले विशेष महत्वका साथ हेर्ने गरेका छन् । पछिल्लो एक सातालाई हेर्दा यी टप १० ब्रोकर कम्पनीमार्फत २६.४७ अर्ब रुपैयाँको सेयर खरिद हुँदा २७.१९ अर्बको बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री धेरै देखिएको छ । त्यस्तै एक सातामा ६ ब्रोकर कम्पनीको बिक्री धेरै देखिन्छ भने ४ को खरिद धेरै देखिन्छ । नासा, भिजन, सनी र सुमेरुमार्फत खरिद धेरै भएको छ भने इम्पेरियल, आर्यतारा, एबीसी, डायनामिक र दिपशिखामार्फत बिक्री धेरै भएको छ ।

पछिल्लो समय टप १० ब्रोकर कम्पनीको पनि कारोबार घट्दै गएको छ । समग्र बजार घट्दा सबै ब्रोकरको कारोबार रकम घट्नु स्वभाविक रहेको नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापति बताउँछन् ।

टप १० ब्रोकरमार्फत विगत एक सातामा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, निफ्रा, सीईडीबी हाइड्रोपावर,  लाइफ इन्स्योरेन्स कर्पोरेसन, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावर, हिमालय रिइन्स्योरेन्स, एचआईडीसीएल, हिमालयन पावर पार्टनर, एनआईसी एसिया बैंक शिवम् सिमेन्ट, आईसीएफसी फाइनान्स लगायत छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button