Main

नेसनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

२३ माघ, काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । लाभांशमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिइने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १११ रुपैयाँ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button