Main

एनसेलका ग्राहकले नासामा डिम्याट खाता खाेल्दा र नवीकरणमा छुट पाउने

काठमाडौं । एनसेलसँग सहकार्य गर्दै नासा सेक्युरिटीले ग्राहकलाई डिम्याट खाता खोल्दा र नवीकरण गर्दा छुट दिने योजना ल्याएको छ ।

सहकार्यसम्बन्धी समझदारी पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र नासाका प्रबन्ध सञ्चालक मदन पौड्यालले हस्ताक्षर गरे । यो सहकार्यसँगै एनसेल सिमकार्ड प्रयोगकर्ताले एनसेल एप डाउनलोड गरी नासाका सेवा उपयोग गर्न सक्नेछन् ।

‘एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकले डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउनेछन्’ जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार पहिलो पटक डिम्याट खाता खोल्न १ सय र मेरो सेयरमा दर्ता हुन ५० रुपैयाँ लाग्ने गरेकोमा अब यो छुटपछि ६७ रुपैयाँ ५० पैसामै सेवा पाइनेछ ।

त्यस्तै एपको माध्यमबाट पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता तथा मेरो सेयर नवीकरणका समस्या भएमा जिज्ञासा राखन सकिने नासाले जनाएको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button