Main

एसीसी वुमन्स कप क्रिकेटका लागि भोलिदेखि पोखरामा बन्द प्रशिक्षण

१ माघ, पोखरा । मलेसियामा हुने एसीसी वुमन्स क्रिकेट कपमा सहभागी हुन जाने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण भोलि मंगलबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगिता ८ फ्रेबुअरीदेखि १९ सम्म मलेसियामा हुँदैछ ।

एसीसी वुमन्स क्रिकेट कपमा सहभागी हुन जाने राष्ट्रिय महिला क्रिकेट टोलीको तयारी स्वरुप भोलिदेखि पोखरामा बन्द प्रशिक्षण शिविर सञ्चालन गरेको नेपाल क्रिकेट संघ, गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रशिक्षण पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा हुनेछ । ‘उक्त बन्द प्रशिक्षणका लागि पोखरा क्रिकेट मैदानको पिच एवं मैदानको आवश्यक तयारी लगायत बन्द प्रशिक्षण अवधिभर आवश्यकताअनुसार कास्की जिल्ला क्रिकेट संघले सहयोग गर्नेछ,’ उनले भने ।

सिग्देलका अनुसार खेलाडीहरु जनवरी महिनाभरि पोखरामा बन्द प्रशिक्षणमा त्यसपछि अन्तिम एकहप्ता भने काठमाडौंमा हुने क्रिकेट संघको योजना छ ।

एसीसी वुमन्स प्रिमियर कपका लागि नेपाल क्रिकेट संघले इन्दु वर्माको कप्तानीमा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । टिममा कविता कुँवरदेखि अस्ट्रेलियामा रहेकी डली भट्टसमेत समावेश छन् ।

२४ सदस्यीय प्रारम्भिक टिमबाट मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने नेपाली टिम छनोट हुनेछ ।

प्रारम्भिक टिम :

ईन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सीता राना मगर, काजोल श्रेष्ठ, सवनम राई, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अस्मिना कर्मचार्य, सोनी पाख्रिन,यशोदा विष्ट, खुसी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्सनिका मरासिनी र लक्ष्मी चौधरी ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button