Main

२२ वर्षपछि गायनमा फर्किए दिपेशकिशोर

काठमाडौँ । दुई दशकपछि कुनैबेलाका चर्चित पपगायक दिपेशकिशोर भट्टराईले संगीतमा पुनरागमन गरेका छन् । उनको पछिल्लो गीत ‘तिमीजस्तै’ शुक्रबार सार्वजनिक भएको छ । जमलस्थित विश्वज्योति हलमा पत्रकार सम्मेलन गर्दै उनले आफू गायनमा फर्किएको बताए ।

‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु । जेम्स दाईका कारण यो सम्भव भएको हो । आश छ, पहिला झैँ माया पाउने छु’, गायक श्रेष्ठले भने, ‘समयअनुसार आफूलाई परिमार्जित गर्ने कोसिस गरेको छु । आगामी दिनमा पनि समय सापेक्ष गीत सार्वजनिक गर्नेछु ।’

उनले सार्वजनिक गरेको गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ देखिएका छन् । लामो समय विदेश बसेर फर्किएका दिपेशको भेट जेम्ससँग भएपछि पुनः सहकार्य जुटेको हो ।

‘गीतलाई तयार गरेर राखेको थिएँ । एकदिन गायक श्रेष्ठ आएर सुने । यही गीतमार्फत पुनः गायनमा सक्रियता दिन्छु भनेपछि हामीले सहकार्य गरेका हौँ’, सङ्गीतकार प्रधानले भने, ‘यो गीतको श्रव्यदृश्य पनि मैले नै तयार गरेको छु । हामीले धेरै सोचेर गीतको मर्मअनुसार दृश्याङ्कन गरेका हौँ ।’

कार्यक्रममा उपस्थित गायक शशी गुरुङले गायक श्रेष्ठलाई शुभकामना दिए । उनले भने, ‘म पनि बाइस वर्षपछि केही दिन अगाडि मात्र नयाँ गीत लिएर आएँ । संजयलाई पनि निरन्तरता दिनुपर्छ भन्न चाहन्छु । उनको गायन शैली र गायनको मिठास गज्जब छ ।’

अर्का गायक भीम तुलाधरले गायक श्रेष्ठको आवाज अन्य भन्दा छुटै मिठास भएको बताए । ‘संजयले दुई दशक अगाडि पाएको चर्चा लोभ लाग्दो थियो । विविध कारणले उसले पाउनुपर्ने सफलता पाएन । अमेरिका पुगेर पनि नेपाल फर्किएर सङ्गीतमा भविष्य देख्नु सुखद कुरा हो । उसलाई निरन्तरताको कामना’, गयाक तुलाधरले भने ।

कार्यक्रममा गायक बबिन प्रधान, कविन्द्र श्रेष्ठ, डिजाइनर अनिल स्थापित, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले गायक श्रेष्ठको गायन यात्राको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए । सार्वजानिक भिडियोमा जेसिका प्रधानको रङ्ग संयोजन र सम्पादन, जेम्स प्रधानको शब्द र सङ्गीत, श्याम तामाङले छायाङ्कन गरेका हुन् ।

‘धेरै भो’, ‘रुमाल लुकाई लुकाई खेल्दा’, ‘हुँदैन कसैको मुटु ढुङ्गाको’ दिपेश किशोरले गाएका चर्चित पपगीत हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button