Main

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा चित्रकला प्रदर्शनी गर्ने

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा कला प्रदर्शनी गर्ने भएको छ । चित्रकलाको माध्यमबाट नगरपालिकाको संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन ५ देखिन १७ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको प्रांगणमा ‘मुन्दुम’ अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी-२०८० गर्न लागेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गत असोजमा आयोजना गरेको नेपालसहित विभिन्न देशका कलाकारको कार्यशालामा उनीहरुले कोरेका चित्रकलाको प्रदर्शनी उक्त कार्यक्रममा गरिने मेयर तीर्थराज भट्टराईले जानकारी दिए ।

‘कला, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि’ भन्ने नाराका साथ हुने प्रदर्शनीको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुनेछ भने समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ गर्ने जनाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button