Main
एक सातामा १३ लाख मानिस उपत्यकाबाट बाहिरिए
२५ असोज, काठमाडौँ । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले १३ लाखको हाराहारीमा मानिस बाहिरिएको बताए ।
उनले अनलाइनखबरसँगभने, ‘ हामीले १८ लाख मानिस दशैं मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरेका थियौं । तर बाढीपहिरोका कारण एक सातामा जोखिम मोलेर पनि १३ लाखको हाराहारीमा मानिस बाहिरिएका छन् । यो आजसम्मको तथ्याङ्क हो।’
अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।