शोधनान्तर बचत २ खर्ब नाघ्यो, चालु खाता १ खर्ब ४० अर्ब बचतमा

२६ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिनामै शोधनान्तर बचत २ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको मंसिर मसान्तसममको तथ्यांककको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै शोधनान्तर बचत २ खर्ब १० खर्ब १० अर्ब ५९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा आयातमा अत्यधिक वृद्धि भएर शोधनान्तर घाटा चुलिएर बाह्य क्षेत्रमा दबाब बढ्दा सरकारसँगै राष्ट्र बैंक पनि आयात नियन्त्रण गर्ने निर्णयमा पुगेका थिए । २०७९ वैशाखदेखि पुससम्म सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । आव २०७८/७९ मा शोधनान्तर घाटा २ खर्ब ५५ अर्ब पुगेको थियो ।
आव २०७९/८० को भदौसम्म पनि घाटामा रहेको शोधनान्तर स्थिति असोजदेखि बचतमा गएको थियो । गत आवमा २ खर्ब ९० अर्ब बचतमा भएको शोधनान्तर स्थिति चालु आवको पहिलो छ महिनामै २ खर्ब १० अर्ब बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तमा १ खर्ब ४७ अर्ब ११ करोड बचतमा रहेको शोधनान्तर बचत १ महिनामै ५७ अर्बले बढेको हो । गत आवको मंसिर मसान्तमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो ।
चालु खाता बचत पनि डेढ खर्ब नजिक पुगेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको मंसिर मसान्तमा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तमा ९६ अर्ब ३८ करोडले बचतमा रहेको चालु खाता उक महिनामै उल्लेख्य रुपमा वृद्धि भएको छ ।
गत आवको मंसिर मसान्तमा ४१ अर्ब २१ करोडले घाटामा रहेको चालु खाता चालु आवमो राम्रो सुधार देखिएको हो । यस्तै चालु आवको पाँच महिनामा पूँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।