Main

च्यासलमा एमाले सचिवालय बैठक सुरु

४ कात्तिक, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय मूख्यालय च्यासलमा बैठक सुरु भएको हो । गत २४ असोजको सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङले जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने प्रस्ताव स्वीकार्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णयप्रति आलोचना भइरहेको छ । एमाले नेताहरुकै असन्तुष्टि देखिएको छ । त्यसबारे समेत यो सचिवालय बैठकमा छलफल हुने अनुमान गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button