Main

प्रिन्स र विष्णु क्वाटरफाइनलमा

२६ पुस, काठमाडौं । एपीएफका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवाल प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगितामा दाहालले एपीएफकै सुजन थापालाई २१–११, २१–१० ले र कटुवालले स्पोर्टस् हवका सुनिल कार्कीलाई २१–७, २५–२३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरे ।

पुरुष एकलतर्फका अन्य खेलमा पुलिस क्लबका सुनिल जोशीले आर्मीका डेभिड थापा मगरलाई २१–११, १७–२१, २१–१४, आर्मीका कविर के.सी.ले पुलिसका जीवन आचार्यलाई २१–९, १७–२१, २१–१६, एपीएफका देवराज रानाले पुलिसका अभिक श्रेष्ठलाई २१–११, २१–१२, एपीएफका अनिल मल्लले पुलिसका दीपक बोहरालाई २१–१६, २४–२२, आर्मीका प्रफुल महर्जनले एपीएफका भोज बहादुर गुरुङ्गलाई २१–१८, २१–१५, नखिपोटका बिवेक चौधरीले एपीएफका विजित थापा मगरलाई २३–२१, २१–१३ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको महिला एकलतर्फ नेपाल पुलिसकी निता लम्साल र आर्मीकी अमिता गिरीले अन्तिम ८ मा स्थान बनाए । लम्सालले एपीएफकी रिना तामाङ्गलाई २१–१०, २१–१२ पराजित गरिन् भने गिरीले एपीएफकी निकिता लामाबाट वाक ओभर प्राप्त गरेका हुन् ।

आर्मीकी शेस्ना श्रीपालीले बालकुमारी रिमिक्सकी श्रीया बज्राचार्यलाई २१–१०, २१–११, कस्तुरी कलेजकी सिमा राजवंशीले आर्मीकी बिस्ना बिष्टलाई २१–१४, २१–१२, एपीएफकी शोभा गौचनले देवी नगरकी प्रिया गौडलाई २१–७, २१–१५, आर्मीकी रिहाना शेरचनले बालकुमारी रिमिक्सकी कृषा श्रेष्ठलाई २१–१३, २१–८ र आर्मीकै अनुमाया राईले पुलिस क्लबकी सुष्मा श्रेष्ठलाई २१–११, २१–१० ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका हुन् ।

शीर्ष २० वरियता बाहेकको पुरुष युगलतर्फको खेलमा युनिटीका अनिष गुरुङ्ग र प्रमिश श्रेष्ठको जोडी, देवी नगरका हेमन्त ऐर र बविश थापाको जोडी, एपीएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडी, नवलपुरका अक्षय क्षेत्री र चितवनका बिद्धवान गुरुङ्गको जोडी, आकाश जोशी र रमेश ठकुरीको जोडी, स्पोर्टस् हवका अभिषेक गुरुङ्ग र निश्चल खत्रीको जोडी, धादिङ्गका एल. ठकुरी र देवी नगरका आर. ठकुरीको जोडी, एपीएफका विशाल प्रधान र सुजन थापाको जोडी तथा स्पोर्टस् हवका सुनिल कार्की र बिशाल तामाङ्गको जोडी पनि आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button