Main

मानवअधिकार उल्लंघनकर्ताको सूचीबाट प्रभु साहको नाम हटाउन आजपाको माग

१९ माघ, काठमाडौँ । आम जनता पार्टी (आजपा)ले मानवअधिकार उल्लंघन कर्ताको सूचीबाट पार्टी अध्यक्ष प्रभु साहको नाम हटाउन माग गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले हालै मानवअधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गरेको थियो, जसमा तत्कालीन नेकपा माओवादीका साहसहित १० जनाको पनि नाम छ ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले शुक्रबार प्रेस विज्ञप्ति निकालेर पार्टी अध्यक्षको माननदीन हुने गरी सूचि निकालेको भन्दे सच्याउन माग गरेको छ ।

‘… पार्टी अध्यक्षको चरित्र हत्या एवं मानमर्दन हुने किसिमले आएको यो निराधार सम्प्रेषणलाई आयोग वा यसमा संलग्न पदाधिकारीले यथाशीघ्र सच्चाई सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्छ’ विज्ञप्तीमा उल्लेख छ ।

अन्यथा कानुनी उपचारसहित चरणवद्ध संघर्ष गर्न बाध्य हुने आनपाको चेतावनी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button