Main

मृत्युको अनौठो पर्व : जहाँ पैसा तिरेर कफिनमा बस्छन् मानिसहरू

काठमाडौं । विश्वमा विभिन्न प्रकारका पर्वहरु मनाइन्छन् । यतिसम्म कि मानिसहरुले मृत्युको पर्व पनि मनाउन नछाड्ने रहेछन् । जापानमा एउटा यस्तै अनौठो पर्व चर्चामा छ । उक्त पर्वको नाम हो डेथ फेस्टिबल अर्थात् मृत्युको पर्व ।

सन् २०२३ मा जापानमा करीब १६ लाख मानिसको मृत्यु भयो । यसलाई जापानी मिडियाहरुले उच्च मृत्युदरको युग नामाकरण गरेका छन् । बुढो हुँदै गएको जनसंख्या, बढ्दो मृत्युदर र घट्दो जन्मदरका कारण जापानमा जनसांख्यिक संकट आउने त्रासका बीच मानिसहरुको डर भगाउनका लागि त्यहाँ मृत्यु पर्व मनाउन थालिएको हुनसक्छ ।

जपानको टोक्योस्थित शिबुया जेलमा गत अप्रिल १३ मा ६ दिने मृत्यु पर्वलाई हेर्ने हो भने मृत्यु खासै भयानक लाग्दैन । त्यो पर्वमा मानिसहरुले लास जस्तै गरी कफिनमा सुतेर भर्चुअल रियालिटी चश्माको मद्दतले मृत्युपछिको आफ्नो अन्तिम संस्कारको अनुभव गर्दछन् । यसका अलावा मृत्युपछिको दुनियाँलाई अन्वेषण गर्नमा पनि मानिसहरुको निकै ठूलो क्रेज देखिएको छ।

मृत्युपछिको संसार

गैरसरकारी संस्था, नयाँ मिडिया कम्पनीहरु तथा अन्तिम संस्कारकर्मी सहित टोकियोस्थित संस्थाहरुको एउटा संस्थाले शिबुयामा मृत्यु पर्वको आयोजना गरेको हो । ६ दिनको उक्त पर्वमा मानिसहरुलाई भर्चुअल रियालिटी प्रविधिको उपयोग गरेर मृत्युपछिको संसारको अनुभूति गर्ने मौका मिल्दछ । त्यहाँ खानेकुराका परिकारहरुपनि मृत्युसँग सम्बन्धित छन् ।

उक्त पर्वको लक्ष्य मानिसहरुको सोँचलाई बदल्नु, मृत्युको सामना गर्नु तथा उनीहरुको जीवनसँग जोडिनका लागि प्रोत्साहित गर्नु हो । उक्त कार्यक्रमसँग सम्बन्धित एक बुकलेटमा लेखिएको छः यसको अन्तर्यमा मृत्यु, प्रेम, कृतज्ञता तथा सम्बन्ध जस्ता जीवनका पहलुहरुमाथि प्रकाश पारिएको छ।

समय छँदै जीवन कसरी जिउने ?

स्मरण रहोस् जापान एउटा उच्च मृत्युदर, न्यून जन्मदर तथा बृद्ध जनसंख्या धेरै भएको मुलुक हो । मृत्यु पर्वका संस्थापकका अनुसार यस पर्वका माध्यमबाट उनीहरुले मानिसहरुलाई मृत्युको अनुभूति गराउन चाहन्छन् ताकि मानिसहरुले समय छँदै जीवन कसरी जिउने भन्ने कुरा बुझ्न सकून् । उता मध्य चीनको सांघाइ तथा उत्तरपूर्वस्थित शेनयांग सहरमा पनि मृत्युको यस्तो अनुभव प्रदान गर्न विभिन्न केन्द्रहरु खुलेका छन् ।

दक्षिण कोरियामा भएको जियो जीवित अन्तिम संस्कार

स्मरण रहोस् यसअघि सन् २०१२ पछि दक्षिण कोरियाको राजधानी सिओलमा हजारौँ मानिसहरुले जिवित अन्तिम संस्कारमा भाग लिने गरेका छन्, जहाँ मानिसहरुले बन्द कफिनमा करीब १० मिनेट सुतेर बताउँछन् ।

यसका साथै जापानको ओबोन फेस्टिबल आम रुपमा अगष्टको मध्यतिर ३ दिनसम्म चल्दछ जसमा बोन नृत्यको माध्यमबाट पूर्वजहरुको पुजा गरिन्छ । यो मृतकहरुको आत्मालाई स्वागत गर्ने एउटा लोक परम्परा हो । यसमा मानिसहरु लालटिन बालेर चिहानको नजिक पुग्दछन् । एजेन्सीको सहयोगमा

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button