एआई विशेषतासहितको ग्यालेक्सी एस२४ सिरिज सार्वजनिक
काठमाडौं । सामसङले एआई विशेषतासहितको नयाँ ग्यालेक्सी एस२४ सिरिज नेपालमा पनि सार्वजनिक गरेको छ ।
१२ माघमा काठमाडौंको मेरियट होटलमा आयोजित कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए ।
ग्यालेक्सी एस२४ साँच्चै नै भविष्यको फोन भएको सामसङका निर्देशक स्थापितले बताए ।
सामसङ ग्यालेक्सी एआईको साथ अल्ट्रा–पर्सनालाइज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिइएको उनले बताए ।
कम्पनीको पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्ने उनको भनाइ छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२४ सिरिजले नेटिभ कल एप भित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्ने छ । यस सुविधाले, अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि, आफ्नो प्रयोगकर्ताको लागि १३ भाषाहरूमा अडियो र टेक्स्ट अनुवादहरूलाई समर्थन गर्दछ । थप रूपमा, ग्यालेक्सी एआई अधिक सुरक्षित छ किनकि यसले बाह्य क्लाउड प्रणालीहरूमा भर नपरि फोनमा नै सञ्चालन गर्दछ ।
कति पर्छ मूल्य ?
कम्पनीका अनुसार नेपालमा ३ माघदेखि ग्यालेक्सी एस२४ शृङ्खलाका लागि प्रि–बुक खोलिएको थियो । सबै प्रि–अर्डर स्टकहरू घोषणा भएको ३ दिनभित्र बुक गरिएको थियो ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२४ शृङ्खला अब २४ माघदेखि बजारमा उपलब्ध हुनेछन् ।
क्रम संख्या
डिभाइस
रंग
मूल्य (ने.रू.मा)
१
ग्यालेक्सी एस२४ (१२+५१२ जीबी)
टाइटेनियम ब्लाक, टाइटेनियम ग्रे, टाइटेनियम भायोलेट
१९९,९९९
२
ग्यालेक्सी एस२४ अल्ट्रा (१२+२५६ जीबी)
१८४,९९९
३
ग्यालेक्सी एस२४ प्लस (१२+२५६ जीबी)
कोबाल्ट भायोलेट, आम्बर एल्लो
१४२,९९९
४
ग्यालेक्सी एस२४ बेस (८+२५६ जीबी)
कोबाल्ट भायोलेट, आम्बर एल्लो
११९,९९९
– यस समाचारको श्रोत : Online Khabar हो ।