Main
भोलिदेखि थप ५ जिल्लामा पारिवारिक इजलास

३१ असार, काठमाडौं । नयाँ आर्थिक वर्षदेखि मुद्दाको चाप बढी भएका थप ५ जिल्लामा पारिवारिक इजलास सुरु हुने भएको छ ।
सर्वोच्च अदालतले भोलि, १ साउनदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले मुद्दाको चाप बढी भएका जिल्लालाई छानेर पारिवारिक इजलास सुरु गर्न लागिएको बताए ।
त्यस्तो इजलासले महिलावादी भएका अंश, नाता कायम, घरेलु हिंसा, बालबालिकाको हित, सरोकार र हेरचाह जोडिएका मुद्दा हेर्नेछ ।
यसअघि २२ असोजदेखि काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।