Main

सुवास नेम्वाङको सम्झनामा च्यासलमा एमालेले सभा गर्ने

२४ भदौ, काठमाडौं । नेकपा एमालेले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको सम्झनामा सभा गर्ने भएको छ ।

नेम्वाङको निधन भएको वर्ष दिनमा बुधबार (२६ भदौमा) केन्द्रीय कार्यालय च्यासलमा स्मृति सभा गर्ने भएको हो । स्मृति सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेनछन् ।

स्मृति सभामा नेम्वाङका परिवार र पार्टीका शीर्ष नेताहरुलाई बोलाइएको छ । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका नेम्वाङको गत वर्ष २६ भदौमा निधन भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button