Main

एक्सन स्पोर्टसले नेपाल र आयरल्यान्ड ‘ए’ बीच हुने खेलको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपाल बीच हुने क्रिकेट प्रतियोगिताका खेलाहरू डिसहोमको एक्सन स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

डिसहोम र क्यानबीचको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने छ ।

नेपालको राष्ट्रिय टोली गुजरात र बडोदासँग टी–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग १२ र १३ चैतमा टी-२० क्रिकेट खेल्ने कार्यक्रम छ ।

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

ए टिमसँग १५ चैत, १६ चैत र १८ चैतमा गरी तीन वटा म्याच खेल्ने छ । यस्तै, तीन वटा एक दिवसीय खेलहरु भने २१, २३ र २५ चैतमा  हुने छन् ।

प्रतियोगिताका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button