Main

खेल संघको कार्य योजना महत्वपूर्ण हुन्छ : सदस्य सचिव घिसिङ

९ चैत, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघको साधारण सभाले गर्ने कार्य योजना महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रबार सोल्टीमोडमा आयोजित ईस्पोर्ट्स संघ नेपालको साधारण सभामा बोल्‍दै सदस्य–सचिव घिसिङले यस्तै बताएका हुन् ।

उनले भने, ‘कुनै पनि राष्ट्रिय खेल संघको साधारण सभाले केन्द्रीय कार्यसमिति चयन गर्नु राम्रो हो । यो स्वभाविक प्रक्रिया हो । अझ महत्वपूर्ण कुरा के हो भने, कार्यसमितिले कस्तो कार्य योजना तयार गरे अघि बढ्छ भन्ने हो । इस्पोर्ट्स संघले पनि सबैले अनुभूति गर्ने गरी कार्य योजना तयार गरेर अगाडि बढ्ने छ भन्नेमा मलाई विश्वास छ ।’

सदस्य–सचिव घिसिङले ई स्पोर्ट्सले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धीलाई ध्यानमा राखी ई स्पोर्ट्स संघ राखेपमा दर्ता गरेको बताए ।

‘विगतमा नेपाली ई स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेको छ । मेरो कार्यकालमा २० देखि २५ वटा संघ दर्ताका लागि आएको थियो । मैले कुनैपनि संघ दर्ता गर्न मानिन ।’ सदस्य–सचिव घिसिङले भने– ‘तर, संसार जुन परिवेशमा अगाडि बढि रहेको छ, त्यसको आवश्यकतालाई महशुस गरी ई स्पोर्ट्स राखेपमा दर्ता गरेको हुँ । ’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button