Main

खेलाडीको ‘डाइट’ मा दूध अनिवार्य गर्न डेरी एसोसिएसनको माग

२१ माघ, काठमाडौं । नेपाल डेरी एसोसिएसनले खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समेट्न माग गरेको छ ।

एसोसिएसनले सरोकार सबै निकायलाई पत्र लेख्दै खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समेट्न आग्रह गरेको हो ।

एसोसिएसनले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलुकद परिषद्, सातै प्रदेशका खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति र स्थानीय तहका खेलकुद् शाखालाई पत्र लेख्दै खेलाडीहरुको डाइटमा अनिवार्य दूध हुनुपर्ने माग गरेको हो ।

दुग्ध क्षेत्रमा कहिल्यै नभोगेका, नसुनेका ठूलो समस्या भोग्नु परेको भन्दै फागुनदेखि डेरी सेक्टरमा सिजन सुरु हुनुपर्ने भएपनि यो वर्ष दूधजन्य पदार्थको माग कम भएको एसोसिएसनले जनाएको छ ।

डेरी एसोसिएसनको पत्र अनुसार दूधको उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दी आदि कारण छन् ।

नेपालमा भन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिँदा नेपाली दूधको बजार घटेको एसोसिएसनले जनाएको छ ।

हेर्नुहोस् पत्र :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button