Main
च्याम्पियन्स ट्रफीको संघारमा स्टोइनिसद्वारा एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा
२४ माघ, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउण्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले आईसीसी च्याम्पियन्स ट्रफीको संघारमा आएर यस्तो निर्णय लिएका हुन् । उनले टी-२०आई करियरमा थप केन्द्रीत हुनका लागि यस्तो निर्णय लिएको बताएका छन् । स्टोइनिसले अस्ट्रेलियाका लागि ७१ ओडिआई खेल्दा एक शतकसहित १४९५ रन बनाएका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।