Main

माओवादी केन्द्रको स्थायी समिति बैठक २५ साउनमा बस्ने

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीको भावी कार्यक्रमबारे स्थायी समितिमा पनि छलफल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा सकिएको पदाधिकारी बैठकले स्थायी समिति बैठकमा पनि पार्टीको बदलिंदो भूमिकाबारे छलफल गर्ने निर्णय गरेको हो । प्रवक्ता अग्नि सापकोटाका अनुसार आगामी २५ साउनमा स्थायी समिति बैठक बस्ने निर्णय भएको हो ।

माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि गत शुक्रबारदेखि सचिवालय बैठक बोलाइएको थियो । २२ जनाको पदाधिकारी बैठक पाँच दिनसम्म चल्यो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button