Main

टिभी श्रृंखला ‘ख्याल ठट्टा’बाट फर्किइन् मिस पबी

काठमाडौँ । हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’ नयाँ टिमका साथमा शनिबारदेखि प्रसारणमा आएको छ । यो श्रृंखलालाई सुरज खनालले लेखन तथा निर्देशन गरेका छन् ।

यसअघिको ‘अत्ति भो’ टेलिश्रृंखलाको टिमलाई अब ख्याल ठट्टामा देख्न पाइने भएको हो । शनिबार बिहान एक कार्यक्रमका बिच ‘ख्याल ठट्टा’को कलाकार, प्राविधिकसँगै प्रसारण मिति र समयबारे जानकारी दिइयो ।

शनिबार साँझ ७ः १५ बजे सन्सा फिल्मस् युट्युव च्यानलबाट स्ट्रिमिङ हुने बताइएको छ । कार्यक्रममा एमाले सांसद गोकर्ण बिष्टले सफलताको शुभकामना दिए ।

प्रमुख अतिथि विष्टले आफूलाई कलाकार मनपर्ने र कलाकारले कलाकारिताको माध्यमबाट समाजमा सन्देश फैलाउनुपर्ने बताए । उनले भने, ‘तपाईको टेलिश्रृंखलाले पनि मनोरञ्जनसँगै समाजका बिभिन्न विषयमा सकारात्मक सन्देश फैलाउन सकोस् । लोकप्रिय बनोस् शुभकामना ब्यक्त गर्दछु ।’

कलाकार सुरविर पण्डित (दाह्री बा) ले सिरियलको भीडमा फरक बनोस् भन्दै सफलताको शुभकामना दिए । कलाकार निर्मल शर्माले राम्रो टिमसँग काम गर्न पाउँदा खुसी लागेको भन्दै आफूले अहिलेको समयमा एकमात्र सिरियलमा काम गरेको जानकारी समेत गराए ।

कलाकार धनराम मुस्कान, शर्मिला शर्मा, चन्दा विडारी लगायतका कलाकारले पनि आफ्नो अनुभव सुनाएका थिए ।

सिरियलका लेखक, निर्देशक तथा कलाकार सुरज खनालले यसअघि आफूमा ‘अत्ति भो’ सिरियलमा २०१ भाग निर्देशन गरेको अनुभव रहेको र ख्याल ठट्टामा अझै राम्रो गर्ने प्रतिबद्धता जनाए ।

सिरियलमा पबित्रा शांकी (मिस पबि)को पनि मुख्य भूमिका छ । साथै निर्मल शर्मा, शर्मिला शर्मा, धनराम मुस्कान, सुरज खनाल, युवराज तिमल्सिना, रेशम बुढाथोकी, कल्पना खतिवडा, सुबि शाही, चन्दा बिडारी, सुमन खनाल, सोभाखर खनाल, भुवन के पोख्रेल, सोनिया पुरी, अस्मि थापा, श्याम खनाल, बलराम खड्का लगायतका कलाकारको अभिनय छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button