Main
पशुपतिनाथ मन्दिर गेटमा स्तनपान कक्ष स्थापना

२४ पुस, काठमाडौं । पशुपतिनाथ मन्दिर गेटमा स्तनपान कक्ष स्थापना भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पशुपतिनाथको दर्शनका लागि देश–विदेशबाट आउने श्रद्धालुलाई लक्षित गरी पशुपति क्षेत्र विकास कोषले निर्माण गरेको स्तनपान कक्षको उद्घाटन गरेकी छिन् ।
देश–विदेशबाट आउने श्रद्धालुले मन्दिरको पेटीमा बसेर बालबालिकालाई स्तनपान गराएको अफ्ठ्यारो अवस्थाको अन्त्य गर्न यस्तो व्यवस्था मिलाइएका उनले बताइन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा व्यवस्था भए अनुसार सबै सरकारी वा निजी कर्यालयमा स्तनपान कक्ष राख्नु पर्ने व्यवस्था भए पनि पशुपति क्षेत्रमा यो सुविधा थिएन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।