Main

टेबलटेनिसको युथ ट्रेनिङ क्याम्प सुरु

२५ कात्तिक, काठमाडौं। अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा युथ ट्रेनिङ क्याम्प आइतबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

क्याम्पमा पाराका २ सहित १६ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव कुँवेर सिंहले जनाएका छन् ।

सहभागीलाई मोहनदास बासुकला, प्रज्ज्वल श्रेष्ठ र नविता श्रेष्ठले प्रशिक्षण दिने छन् ।

सन् २०२४ को आईटीटीएफ सहभागिता कार्यक्रमको राष्ट्रिय परियोजनाअन्तर्गत क्याम्प सञ्चालन गरिएको महासचिव सिंहले जानकारी दिए ।

क्याम्पको टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच उद्घाटन गरे । क्याम्प मंसिर २ गतेसम्म चल्ने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button