Main

सांसद्हरूले विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै सुरु भयो पूर्वाधार समितिको बैठक

२४ पुस, काठमाडौं । केही बेर अवरुद्ध भएको संसदको पूर्वाधार समिति बैठक पुनः सुरु भएको छ । सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै बैठक सुरु भएको हो ।

ऊर्जा मन्त्रालयले सम्झौताको डकुमेन्ट सांसद्‍हरूलाई उपलब्ध गराएको हो । यसअघि सांसदहरुले अध्ययनका लागि भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ नपाएसम्म बैठक अघि बढ्न नदिने अडान लिएपछि केही बेर अवरुद्ध भएको थियो ।

ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् ब्यापार सम्झौताका विषयमा आफ्ना भनाइहरु राखिरहेका छन् ।

यसअघि नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सम्झौता भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button