Main

मद्यपान नगर्ने फाल्गुनन्द नीति समाज सुधारका लागि महत्वपूर्ण छ : सभामुख घिमिरे

२५ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले किरात धर्मावलम्बीका गुरु फाल्गुनन्द अगुवा समाज सुधारक रहेको बताएका छन् ।

किरात माङ्सेसे हाङ्साम माङ्हिमले फाल्गुनन्दको १४० औं जन्मजयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शङ्खादेवीमा गरेको कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताएका हुन् ।

उनले मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्वपूर्ण दस्तावेज भएको बताए ।

उनले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको पनि बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button