थकान महसुस भइरहन्छ ? यस्ता छन् ५ उपाय

के तपाईंलाई रातभरि सुतेपछि बिहान थकान र निद्रा लाग्छ ? शरीरमा कस्ता समस्या देखा परिरहेका छन् ? जसकारण यस्तो भइरहेको छ ।
यस समस्यामा अहिले ध्यान नदिने हो भने भविष्यमा यो निद्रा र थकानले टाउको दुख्ने, शारीरिक दुखाइ, कुनै पनि कुरामा रुचि नलाग्ने, काम वा पढाइमा ध्यान दिन नसक्ने, पेट खराब हुने, अल्छी लाग्ने जस्ता अन्य धेरै समस्या निम्त्याउन सक्छ ।
आयुर्वेदका अनुसार यसको धेरै कारण हुनसक्छ । आन्तरिक शारीरिक परिवर्तन वा मानसिक तनावका कारण पनि हुनसक्छ ।
थकान महसुस हुनुका कारण र समाधान
निश्चित समयमा सुत्ने
हरेक दिन निश्चित समयमा ६ देखि ७ घण्टासम्म बिना कुनै तनाव लिई आनन्दले राम्रोसँग सुत्नुपर्छ । सुत्नुभन्दा तीन-चार घण्टा अगाडि चिया वा कफी पिउनु हुँदैन ।
तनावबाट टाढा रहने
मान्छेलाई तनाव, डिप्रेसन, रिस जस्ता कुराले निद्राको ढाँचामा ठूलो प्रभाव पार्ने गर्छ । जसले गर्दा राति राम्ररी सुत्न सकिंदैन, निद्रा नै लाग्दैन वा ढिलो सुत्ने हुन्छ । जसले बिहान उठ्दा थकाइ महसुस हुन्छ ।
राति पेटभरि टन्न खाना नखाने
राति पेटभर खाना खाएर सुतेमा निद्रा राम्रो पर्छ भन्ने धेरैलाई लाग्छ । तर त्यस्तो होइन । राति पेटभरि खाएको खाना राम्ररी नपच्ने हुन्छ । त्यस्तो अवस्थामा बिहान उठ्दा थकान र फेरि सुतौं जस्तो लाग्छ । त्यसैले सकेसम्म राति आधा पेट मात्र भरिने गरी खाना खानुपर्छ ।
शारीरिक नकारात्मक सोचबाट टाढा रहने
आफ्नो जीवनप्रति नकारात्मक दृष्टिकोण राख्ने व्यक्तिलाई पनि निद्रा राम्ररी लाग्दैन । ‘मैले केही गर्न सक्दिनँ’ भन्ने खालको सोचले राख्ने मानिसमा पनि राति निद्रा लागेको हुँदैन वा सुते पनि आनन्दले सुतेका हुँदैनन् । त्यस्ता व्यक्तिले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । जस्तै योग, ध्यान गर्ने गर्नुपर्छ ताकि उनीहरूको जीवनमा सकारात्मक कुरा आउन सक्छ र राम्रो निद्रा राम्रोसँग लाग्छ ।
कुनै दीर्घरोग भएमा
मधुमेह जस्ता केही रोगले शरीरलाई भित्रैबाट कमजोर बनाइदिन्छ र जसकारण रातभरि निद्रा लाग्दैन । यसले गर्दा पनि बिहान उठ्दा थकान महसुस हुन्छ ।
राति राम्रोसँग निदाउन के गर्ने ?
रातभरि सुतेर पनि दिनमा धेरै निद्रा लाग्छ भने आधा घण्टा सुत्न सकिन्छ । अपचको कारण निद्रा र थकान महसुस हुनसक्छ । यस्तो अवस्थामा पानीमा अदुवा र मरिच मिसाएर पिउने वा दूध बिनाको अदुवा चिया पिउने र नियमित व्यायाम गर्न सकिन्छ । जसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ र ताजा महसुस हुन्छ ।
आफ्नो कोठाको झ्याल र ढोका सधैं खुला राख्नुहोस्, ताकि कोठामा ताजा हावा र उज्यालो प्रवेश गरोस् । यसो गर्दा सधैं ऊर्जाशील बनिन्छ ।
यसैगरी कुर्सीमा सधैं सिधा भएर बस्ने, योग र प्राणायाम गर्ने, पौष्टिक खानेकुरा खाने, आफ्नो दैनिक खानेकुरामा फलफूल र सलाद समावेश गर्ने गर्नुपर्छ ।
हेल्थ लाइनबाट
– यस समाचारको श्रोत : Online Khabar हो ।