Main

थारू कल्याणकारिणी सभाको अध्यक्षमा प्रेमिलाल, महामन्त्रीमा मिनराज

४ मंसिर, काठमाडौं। थारू कल्याणकारिणी सभाको अध्यक्षमा प्रेमिलाल चौधरी निर्वाचन भएका छन् ।

भैरहवामा भएकने २३औं राष्ट्रिय महाधिवेशबाट प्रेमिलाल थाकसको अध्यक्षमा चुनिएका हुन् ।

यस्तै थाकसको महासचिवमा मिनराज चौधरी निर्वाचित भएका छन् ।

यस्तै  थारू कल्याणकारिणी सभाको केन्द्रीय सदस्यहरूमा ५३ जना निर्वाचित भएको अध्यक्ष चौधरीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार अब उपाध्यक्षलगायतका पदाधिकारीहरू भने कार्यसमितिको बैठकबाट चुनिनेछन् ।

थाकसमा ६१ जनाको केन्द्रीय पदाधिकारी रहने विधानमा व्‍यस्था रहेको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button