Main
मकर जितुमायाको २६ लाख कित्ता सेयरमा ‘लकइन’ अवधि सकिँदै

१६ जेठ, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरमा संस्थापक डोल्मा इम्प्याक्ट फन्ड- १ ले होल्ड गरेको सेयरमा बुधबारपछि लकइन अवधि सकिने भएको छ ।
सो संस्थापकको २६ लाख ५ हजार ९ सय कित्ता सेयरमा बुधबार लकइन अवधि सकिन लागेको सार्वजनिक सूचनामा उल्लेख छ । बिहीबारदेखि डोल्मा इम्प्याक्टलाई यस हाइड्रोपावरको सेयर बिक्री गरेर बाहिरिने बाटो खुल्ने छ ।
संस्थापकको सेयरमा लकइन सकिएपछि साधारणसरह उहीं मूल्यमा कारोबार गर्न बाटो खुल्छ । जसले दोस्रो बजारमा मूल्यमा प्रभाव पर्न सक्नेछ । प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल (पीईभीसी)ले गरेको लगानीमा धितोपत्र बाँडफाँटको १ वर्ष मात्रै लकइन अवधि रहने व्यवस्था छ । यस कम्पनीको हाल बजार मूल्य ३७४ रुपैयाँ ९० पैसा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।