Main

चौथो त्रियोग अन्तरविद्यालय बुद्धिचाल सुरु

३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय चेस दिवसको उपलक्ष्यमा त्रियोग हाई स्कुल, धापासीले चौथो त्रियोग अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ ।

बिहीबार र शुक्रबार गरी दुई दिन सञ्चालन हुने प्रतियोगिता विभिन्न विधामा स्वीस लिग नियमअनुसार ७/७ चरणको खेल खेलाइने छ ।

तल्लो तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले काठमाडौं उपत्यकाका ४० भन्दा बढी विद्यालयका ३४० खेलाडीलाई प्रतियोगितामा सहभागिता जनाएका छन् ।

आज तीन चरणको खेल सम्पन्न भएका छन् । तेस्रो चरणसम्मको खेल पपछि कक्षा ६–७ को छात्रा समूहमा त्रियोगकी नोयल थापा र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ ३/३ अंकसहित शीर्ष स्थानमा रहन सफल भएका छन् ।

सोही समूहको छात्रतर्फ त्रियोग स्कुलका आभास रिमाल र सम्पन्न बज्रचार्य, सूर्योदयका अग्रिम सैंजु र नितेन मेमारियलका सञ्जीव तामाङ ३/३ अंकसहित शीर्ष स्थानमा छन् ।

कक्षा ८–१० को छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ, कृपा बेलबासे, सेन्ट मेरिजकी एलिना तिमल्सिना र दिव्या सिग्देल ३/३ अंकसहित शीर्ष स्थानमा उभिन सफल रहे ।

यस्तै छात्रतर्फ त्रियोगका रियान श्रेष्ठ, पुष्प सदनका सुप्रभ सागर श्रेष्ठ, केएमसीका विधान सापकोटा र नितेन मेमोरियलका दिपक गोले ३/३ अंकसहित शीर्ष स्थानमा छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button