Main

मुम्बईमा हलिउड स्टारको ताँती, जोन सिना र रेमा पनि पुगे

काठमाडौंँ । मुम्बईमा आज हुन लागेकोे अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह समारोहमा सहभागि हुन हलिउड स्टारहरुको ओइरो लागेको छ । ‘फास्ट एण्ड फ्युरियस’ स्टार जोन सिना, ‘काम डाउन’ गायक रेमा पनि मुम्बईमा अवतरण भएका छन् ।

किम कार्दसियन र उनकी बहिनी ख्लो मुम्बई पुगेको केहीपछि जोन सिना र रेमा पनि पुगेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । सेलेना गोमेजसँग रेमाको पछिल्लो उक्त गीत विश्वब्यापी चर्चित भएको थियो ।

गतसाता रेस्लिङबाट सन्यास लिएका अभिनेता सिनाको लोकप्रियता नेपाल र भारतमा समेत उस्तै छ । उनका फिल्मले भारतमा समेत राम्रो कमाई गर्ने गरेका छन् ।

मुम्बई विमानस्थलमा अवतरण गर्दा रेमा पुरै कालो पहिरनमा देखिएका थिए । सिना र रिमालाई विमानस्थलबाट पछ्याउने पापाराजीको संख्या उच्च थियो । बेलायती गायिका एडेल पनि भारत पुग्ने चर्चा छ तर, यसबारे औपचारिक बताइएको छैन ।

न्यूयोर्क भ्रमण छोट्टाएर शाहरुख खान परिवारसहित मुम्बई फर्किएका छन् । शाहरुख, सलमान र आमिर खान पनि विवाह समारोहको हिस्सा हुने जनाइएको छ । प्रियंका चोपडा र उनका पति निक जोनस पनि अमेरिकाबाट मुम्बई पुगेका छन् । विवाह समारोह नेपाली समयानुसार बेलुका ५ः१५ बजेदेखि सुरु हुँदैछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button