Main

भारतविरुद्ध खेल्ने नेपाली टोलीमा एक परिवर्तन

११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालले १ खेलाडी परिवर्तन गरेको छ ।

मिडफिल्डर सरु लिम्बुको स्थानमा आइतबार पूजा राना पहिलो रोजाइमा खेल्दैछिन् । आज नेपालले चार डिफेण्डर खेलाउँदैछ । कप्तान एन्जिला तुम्बापो सुब्बाले गोलपोष्ट सम्हाल्नेछिन् ।

डिफेन्समा पूजासँगै गीता राना, अम‌ृता जैसी र विमला विक छन् । रेनुका नगरकोटे, प्रीति राई, सबिता राना मगर र अमिसा कार्की मिडफिल्डमा छन् भने सावित्रा भण्डारी र रेखा पाैडेल फरवार्ड लाइनमा छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button