Main
एन्फा यु-१८ को उद्घाटन खेलमा एनआरटी र चर्च ब्वाइज भिड्ने

२५ असार, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको एन्फा यु–१८ युथ लिगको उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन्।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनआरटी र चर्च ब्वाइजबीच पहिलो खेल असार ३० गते हुनेछ ।
३० गते नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।