Main

देवेन्द्र रमण खनाल बने राष्ट्रिय वाणिज्य बैंकको सीईओ

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन्।

तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो ।

बैंककै डेपुटी सीईओ रहेको खनाललाई बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

सीईओ बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो। सर्ट लिष्टमा खनालसहित कृष्ण बहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button