Main

पेन्टाथलनमा  नेपाललाई कांस्य

१३ कात्तिक, काठमाडौं । एशिया पेन्टाथलन च्याम्पियनसीपमा नेपाली खेलाडी राहुल दर्शनले कांस्य पदक जितेका छन् ।

लेजर रनमा दर्शनले कांस्य पदक जितेका नेपाल मोर्डन पेन्टाथलन फेडेरेसनका सदस्य ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा स्वर्ण पदक फिलिपिन्स,रजत पदक काजकिस्तान र कांस्य पदक नेपाली खेलाडीले जितेका हुन् ।

अक्टोबर १८ देखि २८,२०२४ मा फिलिपिन्सको मनिलामा भएको एशिया डेभलपमेन्ट क्याम्प तथा लेजर रन प्रतियोगितामा १८ देशका खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button