Main

चन्द्र भण्डारीको टिप्पणी- नेपाली अनागरिक बन्दैछन !

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन्।

उनले भनेका छन्-  

नेपाली अनागरिक बन्दैछन! जुनसुकै कारणले होस – पैसा कमाउने लोभले होस! देश छाड्ने होडवाजीले होस!!! मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन!! नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ!

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button