Main
बगनबेलीले सिंगारिएको काठमाडौं शहर (तस्वीरहरू)

३० चैत, काठमाडौं । ३० चैत, काठमाडौं । यतिबेला काठमाडौं शहरका कतिपय ठाउँ रंगबिरंगी फूलले ढकमक्क छ ।
सडक छेउ, पर्खाल, खोला किनारलाई बगनबेलीले रहरलाग्दो बनाएको छ । त्यसैले त भिडियो बनाउनेदेखि फोटो खिच्नेहरुलाई यी मनमोहक दृश्यले लोभ्याएको छ ।
यी मनोहर दृश्यहरू काठमाडौंको अनामनगर, भद्रकाली, सर्वोच्च अदालतको पर्खाल, धोबी खोला वरिपरि देख्न पाइन्छ ।
पर्खाल र खोलामा ढकमक्क फूलेका बगनबेलीका यी फूलहरूले शहरको सौन्दर्य बढाइदिएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
– यस समाचारको श्रोत : Online Khabar हो ।