Main

बलात्कार पीडितको तस्वीर सार्वजनिक गरेको भन्दै रास्वपाले गर्‍यो सापकोटालाई निलम्बन

२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बलात्कार पीडितको पहिचान खुल्ने गरी सामाजिक सञ्जालमा तस्वीर राखेको भन्दै आफ्नो जापान शाखाका सदस्य दिवस सापकोटालाई निलम्बन गरेको छ ।

रास्वपाले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नभएको भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान च्यूबू शाखा समितिका सदस्य सापकोटालाई निलम्बन गरेको फेसबुकमार्फत जानकारी दिएको छ ।

सापकोटाले बलात्कार मुद्दामा पीडित गौशाला २६ को तस्वीर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर कटाक्ष गरेको रास्वपाको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button