नेपालगञ्ज म्याराथन १०औ संस्करण मंसिर २२मा हुने

३ भदौ, काठमाडौं । नेपालगञ्ज म्याराथनको १०औं संस्करण आउँदो मंसिर २२ मा हुने भएको छ ।
म्याराथन आयोजक क्रियटिभ ह्यान्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिती तय गरेको हो । हरेक वर्ष मंसिरको पहिलो हप्ता हुँदै आएको धारा नेपालगञ्ज म्याराथनको यस पटक भने दशौं खेलकुदका कारण केही पछि सारिएको हो ।
यस प्रतियोगिताको लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता सुरु गरिएको छ ।
प्रतियोगितामा पुरुष म्याराथन ४२.१९५ किलोमिटर, महिला तर्फको हाफ म्याराथन २१ किलोमिटर र ५ किलोमिटर रहेको छ ।
किड्स रन जसमा ८ देखि १२ वर्षको छात्र, छात्रा समावेश हुनेछन् । ५ किलोमिटर कर्पोरेट रन, ५ किलोमिटर ट्रायसाइकल र ५ किलोमिटर वाकाथन गरि कुल ७ वटा विद्यामा प्रतियोगिता हुनेछन् ।
नेपालगञ्ज धारा म्याराथन सुरु भएको एक दशक भएकाले यस उपलक्ष्यमा थप कार्यक्रमहरु पनि गराइने म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।
यस वर्ष केकी विद्यामा भने पुरस्कार रकम समेत थप गरिएको बताइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।