Main
लण्डन म्याराथनमा गोपीको प्रदर्शन सुधारे

१० वैशाख, काठमाडौं । नेपाली धावक गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा राम्रो प्रदर्शन गरेका छन् । आइतबार भएको म्याराथनमा उनले निर्धारित दूरी २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका हुन् ।
गत वर्ष मंसिर ९ गते भएको नवौँ नेपालगञ्ज म्याराथनको उपाधि जितेका गोपीले नेपालगञ्ज म्याराथन र नेपाल रन युकेको सहकार्यमा लण्डन म्याराथनमा सहभागी हुने अवसर पाएका थिए ।
गोपीले यसअघि बर्लिङ म्याराथनमा पनि प्रतिस्पर्धा गरेका थिए तर उनको टाइमिङ राम्रो हुन सकेको थिएन । पहिलो पटक लण्डन म्याराथन दौडिएका गोपीले राम्रो प्रदर्शन गरेका हुन् ।
विश्वमा आयोजना हुने सयौँ म्याराथनमध्ये ६ म्याराथनलाई वर्ल्ड मेजर म्याराथनमा गणना गरिन्छ । जसमध्ये गोपीले बर्लिन र लण्डन दुई म्याराथन दौडिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।