एसीसी महिला प्रिमियर कपका लागि १८ खेलाडी छनोट

७ माघ, काठमाडौं । एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली महिला टिमको दोस्रो चरणको नामावली सार्वजनिक भएको छ ।
पहिलो छनोटबाट २४ जना बन्द प्रशिक्षणमा रहेकामा ६ जना खेलाडी हटाइ नेपाल क्रिकेट संघ क्यानले दोस्रो चरणको नाम सार्वजनिक गरेको हो ।
पोखरामा भइरहेको बन्द प्रशिक्षणमा नयाँ खेलाडी यशोदा विष्ट र लक्ष्मी साउद १८ जनाभित्र अटेका छन् । लक्ष्मी यसअघि पनि राष्टिय टिमको बन्द प्रशिक्षणमा परिसकेकी छिन्, भने यशोदाको यो पहिलो पटक हो ।
प्रारम्भिक टिममा परेका लक्ष्मी चौधरी, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन, सोमु विष्ट, ममता चौधरी, आरती महतो पहिलो चरणबाट बाहिरिएका छन् ।
दोस्रो चरणमा छनोट भएका १८ जनाको टिमबाट अन्तिम १४ को नाम सार्वजनिक गर्ने क्यानले जनाएको छ । यो टिमले माघ २६ देखि फागुन ६ सम्म मलेसियामा हुने एसीसी महिला प्रिमियर कप खेल्नेछन् ।
दोस्रो चरणमा छनोट भएका खेलाडीहरुः
ईन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सीता राना मगर, काजोल श्रेष्ठ, सवनम राई, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अस्मिना कर्मचार्य, यशोदा विष्ट, खुसी डंगोल, रोमा थापा र पुजा महतो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।