भिनिसियसको २ गोलमा रियल विजयी, शीर्ष स्थानमा १० अंकको अग्रता

४ चैत, काठमाडौं । भिनिसियस जुनियरको दुई गोल मद्दमा शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा ओसासुनालाई ४-२ ले पराजित गरेको छ ।
यो जितपछि १० अंकको अग्रता बनाउँदै रियलले होड अझ बलियो बनाएको छ ।
ओसासुनाको मैदानमा भिनिसियसले खेलको चौथो मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर सातौं मिनेटमा एन्टे बुडिमिरले ओसासुनालाई लागि बराबरी गोल गरे ।
१८औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । ६१औं मिनेटमा ब्राहिम डियाजले गोल गरेपछि रियलले ३-१ को अग्रता बनायो ।
यस्तै ६४औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले अग्रता अझ फराकिलो बनायो । ओसासुनाका मुनोजले इन्जुरी टाइममा गोल फर्काए पनि रियललाई जितबाट रोक्न सकेन ।
जितपछि रियलले २९ खेलबाट ७२ अंक जोडेको छ ।
समान खेलबाट ६२ अंक जोडेको जिरोना दोस्रो स्थानमा छ । गेटाफेसँग जिरोना १-० ले पराजित भएपछि रियललाई त्यसको फाइदा पुगेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।