Main

क्यानाडामा अलबर्टा नेपाल चेम्बरको उद्‍घाटन, व्यापारिक सम्बन्ध विस्तारमा जोड

काठमाडौं । क्यानाडाको एबी प्रोपभिन्स अन्तर्गत रक्की माउन्टेनको काखमा रहेको ग्यालरी सहरमा अलबर्टा नेपाल चेम्बरको उद्घाटन भएको छ । कार्यक्रमको उद्‍घाटन क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेलले गरेका थिए । कार्यक्रममा राजदूत पौडेलले एएनसीसीले नेपालको आर्थिक विकास, सामाजिक विकास, पर्यटन प्रवर्द्धन लगायतमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै एएनसीसीलाई नेपाल सरकारको सहयोग रहने बताए ।

कार्यक्रममा एबी प्रान्त सरकारका कानुनमन्त्री मिक्की अमेरीले आफ्नो तर्फबाट एएनसीसीलाई पूर्ण सहयोग रहने बताए । साथै एएनसीसीमार्फत नेपाल सरकार र एबी प्रान्त बीच एतिहासिक सम्बन्धको सुरुवात भएको उनले बताए ।

कार्यक्रममा क्यानाडा सरकारका सल्लाहकार जर्ज चाहलले एएनसीसीलाई केन्द्रीय सरकारसँग समन्वय गराई कृषि, ऊर्जा सम्बन्धी विकासको पक्षमा आफू पूर्ण रूपले सहयोग गर्ने र आवश्यक सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफू क्यानाडाको प्राकृतिक श्रोत समितिको अध्यक्ष भएको हैसियतले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा एएनसीसीका अध्यक्ष समीर पाण्डेले अलबर्टा नेपाल चेम्बरले नेपाल र क्यानाडाबीच आर्थिक विकास, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा ब्रिज चेम्बरको काम गर्ने बताए ।

एबी प्रान्तमा रहेका व्यवसायीलाई व्यापार प्रवर्द्धनमा मार्गदर्शनको काम एएनसीसीले गर्ने उनले बताए ।

एएनसीसीले नेपाल र क्यानाडा सरकारबीचको सम्बन्ध अझै दिगो बनाउने कुरामा आफू आशावादी रहेको उनले बताए ।

एनआरएनए क्यानाडाका अध्यक्ष माधव दुलालले यो कार्यक्रम एतिहासिक भएको र यसले नेपाल र क्यानाडाबीचको व्यापारीक र सांस्कृतिक सम्बन्धको पूर्ण सहयोग र समन्वयन रहने बताए ।

यसै गरी व्यापार व्यवसायको तर्फबाट श्रीकान्त अर्यालले एनसीसीको उत्तरोत्तर प्रगतिको कामना गरेका थए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार राजेन्द्र मल्ल र मुकुन्द तिमिल्सिनाले एएनसीसीलाई पूर्ण सहयोग र सहकार्य गर्ने प्रतबद्धता जनाए ।

कार्यक्रममा सहभागी व्यापारी, बुद्धिजीवीहरूले चेम्बरको उत्तरोत्तर प्रगतीको शुभकामना दिदै नेपाल र क्यानडा बिचमा ब्रेन एन्ड ब्रिजको काम गर्नेमा दुईमत नहुने बताएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button