Main

एक महिनाभित्र दूधको भुक्तानी गर्न एमाले प्रमुख सचेतकको माग

२९ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एक महिनाभित्र दूधको मूल्यको बाँकी भुक्तानी गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो आग्रह छ– हाम्रो तर्फबाट कसरी सहजीकरण गर्नुपर्छ तयार छौं । माननीय मन्त्रीज्यूले एक महिनाभित्र दूधको मूल्य भुक्तानी गर्ने प्रक्रियाका लागि आफ्ना तहबाट पहलकदमी प्रभावकारी ढंगबाट होस् ।’

रासायनिक मल कारखाना स्थापनाको माग भइराखेको उल्लेख गर्दै उनले प्राङ्गारिक मलको प्रयोगका लागि प्रोत्साहन गर्नुपर्ने बताए । ७५३ वटै पालिकामा एक/एकवटा प्राङ्गारिक मल केन्द्र स्थापना गर्न आवश्यक रहेको उनको सुझाव छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button